अर्थमन्त्री प्रकरण : छानबिन समितिको पहिलो बैठक सिंहदरबारमा बस्दै

अर्थमन्त्री प्रकरण : छानबिन समितिको पहिलो बैठक सिंहदरबारमा बस्दै


ग्लोब नेपाल
729
Shares

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठन भएको विशेष छानबिन समितिको बैठक आज बस्दैछ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले आजबाट सुरु हुने उक्त बैठकले कार्यविधि तय गर्ने जानकारी दिए । आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने बैठकले समितिको कार्यविधि र सभापति चयन गर्ने कर्णले जानकारी दिए ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । सोही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

उक्त समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव रहेका छन् । समितिको सचिवमा संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याल रहेका छन् ।