काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिमालय टेलिभिजन र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।
काठमाडौं महानगरपालिकाको बजेट विनियोजित हुँदा कुनै अमुक संस्थालाई उपलब्ध गराउन लागिएको भन्दे तथ्यहीन, भ्रामक र कपोलकप्लित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशनरप्रशारण गरेका थिए । साहले ती समाचारबाट भ्रम उत्पन्न हुनुका साथै व्यक्तिगत र संस्थागन गरिमामा आँच पुगेको बताएका छन् ।
‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’ उजुरीमा साहले लेखेका छन् ।



प्रतिक्रिया