कोलोराडो नेपाली समुदायमा फेरि अर्को दुखःद् घटना

कोलोराडो नेपाली समुदायमा फेरि अर्को दुखःद् घटना



कोलोराडो । कोलोराडो नेपाली समुदायका बाल सदस्यको आईतबार दिउंसो एक दुखःद घटनामा निधन भएको छ । कोलोराडो स्थित बोल्डर निवासी राजेश बिष्टको ५ बर्षिया छोरी बेला बिष्टको आइतबार दिउँसो यूटाबाट कोलोराडो फर्कदै गर्दा गाडी दुर्घटनामा परी दुखःद निधन भएको हो ।

गाडीमा सवार ५ जनामध्ये बिष्टकी आमाको टाउकोमा चोट लागेको र अन्य ३ जना राजेश, उनका पत्नी बिजिना केसी , सानो छोरी सकुशल रहेका छन् । उनीहरु ट्याक्सी लिएर यूटाबाट सोमबार बिहान बोल्डर आइपुगेको बिष्टका छिमेकी दिनेश कार्कीले बताएका छन् । मृतक बेला बिष्टको शव भने यूटाकै अस्पत्तालमा रहेको बताइएको छ । राजेशका २ छोरीमध्ये मृतक जेठी छोरी भएको भएको कार्कीले जानकारी दिए ।

यसरी कोलोराडोमा नेपाली समुदायमा एकपछि अर्को दुखःद घटना घटिरहँदा पुरै समुदाय स्तब्ध हुन पुगेको छ । यसअघि गत अप्रील १९ तारिकका दिन बोल्डर निवासी देवराज सापकाेटाको बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा निधन भएको थियो ।