काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।
वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ। केहीबेर अघि उक्त बोर्ड बन्द गराउनका लागि नगर प्रहरीहरु त्यहाँ पुगेका हुन् । उनीहरुलाई मेयर बालेन्द्र शाहले बोर्ड हटाउन निर्देशन दिएको उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएका थिए । स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्न पाइने नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ । यस्तै बोर्डले भवनको झ्याल समेत छेकेको उनले बताए ।
प्रतिक्रिया