क्यानडामा अन्धाधुन्ध छुरा प्रहारबाट १० जनाको मृत्यु

क्यानडामा अन्धाधुन्ध छुरा प्रहारबाट १० जनाको मृत्यु

१५ गम्भीर घाइते


ग्लोब नेपाल
216
Shares

क्यानडाको मध्य सिस्काचुवान प्रान्तमा भएको छुरा प्रहारको घटनामा परी १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यस घटनाका पीडितहरु विभिन्न १३ स्थानमा फेला परेका छन् । प्रहरीले ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको आशंका गरेको छ ।

घटनाका दुबै शंकास्पद अपराधी अहिले फरार रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्तहरु हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको प्रहरीको भनाइ छ ।

छुरा प्रहारका अभियुक्तहरु फरार रहेकाले सो क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । अपरिचित व्यक्तिको सवारी साधन प्रयोग नगर्न र शंकास्पद गतिविधि गरेको पाइए प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ । अपराधीहरु कालो रंगको निसान गाडीमा रहेकाले सो गाडी देखिए टाढा रहन र प्रहरीलाई जानकारी गराउन भनिएको छ ।