काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सुरक्षा अधिकारीहरुलाई छलफलका लागि शितल निवास बोलाएकी छिन् ।
राष्ट्रपति कार्यालयबाट बिहीबार छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आईजीपीले बताए । उनले के विषयमा छलफल गर्न बोलाइएको हो भन्ने बारेमा आफूलाई जानकारी नभएका बताए ।
बिहीबार राष्ट्रपति भण्डारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त एआइजी र आइजिपी गरी १०० भन्दा बढीलाई परामर्शका लागि बोलाइएको राष्ट्रपति भवनस्रोतले जनायो।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरेकी थिइन् । त्यो नागरिकता विधेयकलाई संसदले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।
प्रतिक्रिया