काठमाडौं । दसैँको लागि असोज १ गतेबाट अग्रिम टिकट खुल्ने भएको छ।
बुधबार (आज) यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच छलफलपछि असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुल्ने भएको हो।
दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्यक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ । कोरोना कालमा भने टिकट बुकिङ खुलेको थिएन । विभागका निर्देशक ईश्वरी दत्त पनेरुले असोज १ देखि दसैँको लागि बुकिङ शुरु हुने जानकारी दिए।
काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन्। असोज १९ गते विजयदशमी रहेको छ। असोज १० गते घटस्थापना रहेको छ।
प्रतिक्रिया