बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक

बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।