सिट बाँडफाँड टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँड टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडको टुङ्गो लगाउन आज गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँडको कुरामा दलहरू सहमती नजिक पुगेको भनिएपनि निश्कर्ष निस्कन सकिरहेको छैन ।

सिट बाँडफाँडका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । अब कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेताहरूले टुङ्गो लगाउने बताइएको छ ।

त्यही विषय टुङ्गोमा पु¥याउन भन्दै गठबन्धनको बैठक आज बस्न लागेको छ । हिजो नै बैठक बसेर सिट भागबण्डाको टुङ्गो लगाउने भनिएपनि नेताहरूको कार्य व्यस्तताका कारण आजका लागि बैठक सारिएको हो । आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । आजको बैठकले सिट बाँडफाँडको अन्तिम निश्कर्ष निकाल्ने नेताहरूले बताएका छन् ।