सांसदलाई बिदाइ गर्दै ओलीले भनेः भोलिदेखि हामी संसदमा उपस्थित हुनेछैनौँ

सांसदलाई बिदाइ गर्दै ओलीले भनेः भोलिदेखि हामी संसदमा उपस्थित हुनेछैनौँ


ग्लोब नेपाल
4.1k
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल सन्तोषजनक रहेको समीक्षा गरेका छन् ।

संसदीय दलको अन्तिम बैठकमा शुक्रबार ओलीले प्रतिनिधि सभाप्रति आफ्नो समीक्षा सुनाउँदै भोलि १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलकोबैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद पनि दिएका छन् ।

पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउनेगरी खटिन निर्देशन समेत दिए । ‘मंसिर ४ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘जो, जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पुरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्छ ।’

उनले पार्टी स्पिरिटमा सबै चल्न सक्नुपर्ने पनि बताए । ‘हामीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा गरेका छौ । सवै माननीयहरूलाई हार्दिक बधाई, दशै लगायत सबै चाडपर्वको शुभकामना’, ओलीले सांसदहरुलाई चाडपर्वको शुभकामना दिँदै भने, ‘भोलिदेखि कुनैपनि हिसाबले संसद राख्न खोज्नु तमासा मात्र हो । भोलिबाट हामी प्रचलन अनुसार नै संसदमा उपस्थित हुने छैनौं ।’