आइएमई जनरल इन्स्योरेन्स र इसान हस्पिटल बिच नगद रहित सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र इसान हस्पिटल बिच नगद रहित सेवा सम्झौता


ग्लोब नेपाल
108
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इसान चिल्ड्रन एण्ड वमिन हस्पिटल प्रा. लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान चिल्ड्रन एण्ड वमिन हस्पिटलका डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमा सम्म इसानबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रेग्मीले इसानले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।