जबराको सम्पत्ति विवरणः जग्गा धितो राखी साढे ९‍ करोड ऋण, ५९ लाख नगद बैंकमा

जबराको सम्पत्ति विवरणः जग्गा धितो राखी साढे ९‍ करोड ऋण, ५९ लाख नगद बैंकमा


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरण न्याय परिषद्ले संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ।

समितिले बिहीबार सम्पत्ति विवरण झिकाउने निर्णय गरेको थियो । शुक्तबार न्याय परिषदले महाभियोगबारे छानबिनका क्रममा प्रमाणका रुपमा महाभियोग सिफारिस समितिलाई चोलेन्द्रको सम्पत्ति विवरण उपलब्ध गराएको हो । न्याय परिषद्ले २०७८ साउनसम्म जबराको नाममा बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार रुपैयाँ नगद उल्लेख रहेको जनाएको छ ।

त्यस्तै श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौंको वडा नम्बर ५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जमिन रहेको छ । उक्त जग्गाको २०७७ मा ८ करोड २६ लाख रुपैयाँमा किनेको उल्लेख छ । उक्त जग्गामा पुरानो घरसमेत रहेको उल्लेख छ ।

त्यस्तै ठमेलको घरजग्गा धितोमा राखी ९ करोड ५० लाख ऋण लिएको विवरणमा उल्लेख छ । त्यस्तै सम्पत्ति विवरणमा पुरानै विवरण उल्लेख भएको जनाइएको छ । साथै गरगहना पनि विवरणमा उल्लेख गरिएको छैन ।

हेर्नुहोस् सम्पति विवरण: