सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा ७०२ जनाको सजाय मिनाहा

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा ७०२ जनाको सजाय मिनाहा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सरकारले विभिन्न मुद्दाका ७०२ जनाको सजाय माफी गरेको छ ।

भदौ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशहरुका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकी हुन् ।

नेपालको संविधानको धारा २७६ अनुसार असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा उनीहरुको सजाय माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता साग आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए । त्यस्तै, विभिन्न फौजदारी मुद्दा लागेका २१ जनाको कैद सजाय मिनाहा गरिएको छ ।

यससँगै ७०२ जनाको सजाय माफी गरिएको हो ।