काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा तर्फको समानुपातिकमा १०५ उम्मेदवार बनाएको छ।
सोमबार निर्वाचन आयोगमा बन्द सूचिको नाम बुझाउन पुगेका उपमहासचिव वर्षमान पुनका अनुसार ५ जना डा.बाबुराम भट्टराईलाई दिइएको छ। उनका अनुसार ११० मध्ये ५ जना डा बाबुराम भट्टराईतर्फका छन्। ‘हामीले १०५ उम्मेदवार माओवादी केन्द्रबाट बनाएका छौँ,’ पुनले भने, ‘५ जना उम्मेदवार बाबुराम जीको पार्टीबाट समेटेका छौँ।’
भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। उनी माओवादीको चुनाव चिह्नबाट प्रत्यक्षतर्फ उम्मेदवार हुनेछन्।
माओवादीले आफ्नो पार्टीका १०५ जना र भट्टराईका ५ जना गरी ११० जनाको सूची तयार गरेको हो।


प्रतिक्रिया