काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँड गर्न एकसातापछि फेरि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् ।
११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
गठबन्धनले भदौमा प्रत्यक्ष तर्फको १६५ सिटको टुंगो लगाउने बताएको थियो। तर हालसम्म पनि कुनै पनि सिटमा सहमति जुट्न सकेको छैन् । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिक तर्फ संघमा ११० सिटका लागि बन्दसूची बुझाउने समय तोकेको थियो। गठबन्धन दलले सोमबार अन्तिम समयमा मात्रै बन्दसूची बुझाएका थिए।


प्रतिक्रिया