डेङ्गीलाई राष्ट्रव्यापी प्रकोपको रूपमा घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार

डेङ्गीलाई राष्ट्रव्यापी प्रकोपको रूपमा घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार


ग्लोब नेपाल
0
Shares

काठमाडौं । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले डेङ्गी सङ्क्रमणको प्रकोपलाई राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि द्रुतगतिको कार्य योजना बनाउन पनि महाशाखाले मन्त्रालयलाई आग्रह गरेको छ ।

पछिल्ला दिनमा डेङ्गीको सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ । हिजो सम्म देशभर १७ हजार ४ सय ९४ जनामा डेङ्गी पुष्टि भएको छ भने डेङ्गीका कारण यो वर्ष २१ जनाको मृत्यु भइसकेको छ । उपत्यकाका ३ जिल्लामा मात्रै कुल सङ्क्रमणको ५८.६७ प्रतिशत सङ्क्रमित रहेका छन् । काठमाडौंमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।