काठमाडौँ । नायिका करिष्मा मानन्धरले नेकपा एमालेले आफूलाई अन्याय गरेको बताएकी छन् । एमालेले आफूलाई समानुपातिक र प्रत्यक्षतर्फ दुवैमा टिकट नदिएर अन्याय गरेको उनको भनाइ छ । समानुपातिकतर्फ नभए आफू प्रत्यक्षतर्फ लड्न पनि योग्य रहेको तर यो कुरा एमालेले बिर्सिएको उनको गुनासो छ ।
पार्टीप्रति असन्तुष्टि रहे पनि एमाले आफूले नछोड्ने उनले स्पष्ट पारिन् । पार्टीभित्रै बसेर सङ्घर्ष गर्ने उनको भनाइ छ । करिष्मा स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेकी थिइन् ।
प्रतिक्रिया