अमेरिकामा ‘मारुनी’लाई उत्कृष्ट फिल्मको अवार्ड

अमेरिकामा ‘मारुनी’लाई उत्कृष्ट फिल्मको अवार्ड


ग्लोब नेपाल
594
Shares

निर्मात्री पूनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड’मा पूनम निर्मित फिल्म ‘मारुनी’ले उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको हो ।

अवार्ड थाप्नका लागि पूनम पनि अमेरिका पुगेकी थिइन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । समलिङ्गी प्रेम कथामा निर्माण भएको यो फिल्मले दर्शक र समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो । वर्ड अफ माउथकै कारण बक्स अफिसमा पनि फिल्मको व्यापार सुखद नै थियो ।

पूनमले अवार्ड थापेपछि भनिन्–‘मलाई यो अवार्डले अझ हौसला मिलेको छ । हामी, चाडै नै अर्को फिल्म बनाउने तयारीमा छौं । पक्कै पनि जुरी, आयोजक र दर्शकबाट पाएको प्रतिक्रियाले काममा जोश मिलेको छ ।’

यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका थियो । पूनमले आफूहरुले ‘मारुनी’ २ को बिषयमा पनि विचार गरिरहेको बताइन् । यसअघि यो फिल्म ‘डी सिने अवार्ड’मा पनि उत्कृष्ट सावित भएको थियो ।