नवौं राष्ट्रिय खेलकुद: एपीएफलाई पुरुष फुटबलको स्वर्ण

नवौं राष्ट्रिय खेलकुद: एपीएफलाई पुरुष फुटबलको स्वर्ण


ग्लोब नेपाल
135
Shares

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोलि एपीएफ क्लबले जितेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै ६(५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो । निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पुरुष फुटबलको कांस्य पदक भने घरेलु टिम गण्डकीले जितेको छ । बुधबारको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कांस्य जितेको हो ।

नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा ७ प्रदेश सहित ३ विभागीय क्लब र एनआरएनको सहभागिता थियो ।