पोखरा । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो । ‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौं प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा समापन भएको हो । नवौंको उद्घाटन भने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।
समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।
समापनमा टिम च्याम्पियन बनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरिएको थियो । पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको छ ।
आर्मी १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेर टिम च्याम्पियन बनेको हो । यस्तै समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो।
नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा खेलाडीले ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया