काठमाडौं । नेपालका लागि नव नियुक्त अमेरिकी राजदूत डिन आर थम्पसनले दुई देशबीच साझा हितका लागि सबै नेपालीहरुसंग सहकार्य गर्न आफु उत्सुक रहेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेपछि जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्,-‘अहिलेको क्षण हामा दुई मुलुकका लागि महत्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्वपूर्ण मुद्दाहरुलाई सम्बोधन गर्न सबै नेपालीहरुसंग सहकार्य गर्न उत्सुक छु। ‘
राजदूत थम्पसनले आफ्नो पहिलो औपचारिक विज्ञप्तिमा भनेका छन्,-‘नेपालका लागि अमेरिकी राजदूतका रुपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो। यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौम सत्ता र साझा मूल्य मान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु।’
राजदूत थम्पसनले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै:
आजै ओहोदाको प्रमाण-पत्र बुझाएलगत्तै राजदूत थम्पसनले प्रधानमन्त्री शेरबहादुर देउबा र परराष्ट्रमंत्री डाक्टर नारायण खडकासंग छुट्टाछुट्टै परिचयात्मक भेट गरेका छन्।
प्रतिक्रिया