काठमाडौं । नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन(२०७९ को सङ्कल्प पत्र आज बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो । आजका लागि तय भएको कार्यक्रम स्थगित भएपछि अर्को कार्यक्रम तिहारपछि हुने बताइएको छ ।



प्रतिक्रिया