सन्दीपविरुद्धको अभियोग पत्र भोलि अदालतमा दर्ता हुने

सन्दीपविरुद्धको अभियोग पत्र भोलि अदालतमा दर्ता हुने


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । बालिका जबरजस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका सन्दीप लामिछानेविरुद्धको अभियोग पत्र सोमबार अदालतमा दर्ता हुने भएको छ ।

उनीविरुद्धको अभियोग पत्र तयार भइसकेकाले जिल्ला सरकारी वकिल कार्यालय सोमबार जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गर्ने तयारीमा पुगेको हो ।

प्रहरीले गत ४ कात्तिकमै उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । प्रहरीका अनुसार उनीविरुद्ध मङ्गलवार थुनछेक बहस हुनेछ ।