शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्दा अन्य सुचक कस्तो ?

शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्दा अन्य सुचक कस्तो ?


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासीकसम्ममा १३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.९३ प्रतिशतले मात्रै बढी हो भने गत आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १३ करोड ३६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि १‍‍.५४ प्रतिशतले बढेर ४५ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ७ करोड ५३ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत १६ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७५ करोड ७१ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ ।