बिर्तामोडमा मतपत्र च्यात्ने एकजना पक्राउ

बिर्तामोडमा मतपत्र च्यात्ने एकजना पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । झापा बिर्तामोडमा मतपत्र च्यात्ने मतदाता पक्राउ परेका छन् । स्थानीय देवी मावि मतदान केन्द्रमा मतपत्र च्यात्ने मतदाता पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं ५ किराँत चोक बस्ने ४८ वर्षीय भूपेन्द्र खतिवडा छन् ।

उनलाई मतदान केन्द्रबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । खतिवडाले प्रत्यक्ष र समानुपातिक मतपत्रमा मत हालेर प्रदेशसभाको प्रत्यक्षतर्फको मत च्यातेका थिए । उनी‌ मदिरा सेवन गरी मतदान गर्न आएका थिए । मतपत्र च्यात्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्मको कैद हुन सक्ने कानुनी व्यवस्था छ ।