एनआईबीएल एस क्यापिटल र सस्ताे डिल बिच सार्बजनिक निष्काशनका लागि लगानी सम्झौता

एनआईबीएल एस क्यापिटल र सस्ताे डिल बिच सार्बजनिक निष्काशनका लागि लगानी सम्झौता


ग्लोब नेपाल
54
Shares

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र ईकमर्स कम्पनी सस्तोडिलका बिच मंसिर १९, २०७९ मा लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका छन् ।

यो लगानीले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्नेछ । उक्त अवसरमा एनआईबिएल एसका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे भन्छन् “ईकम्र्सल संसारभरिका विभिन्न मूलूकका अर्थतन्त्र र व्यवसायमा ल्याउन सक्ने आमूल परिवर्तन स्थापित भइरहेको अवस्थामा नेपालमा पनि सो परिवर्तन ल्याउन सस्तोडिल सक्षम छ भन्ने कुरा कम्पनीले आफनो १० वर्षिय इतिहासमा प्रमाणीत गरेको छ । ईकमर्स व्यवसायमा अग्रपंक्तीमा रहेका सस्तोडिलले विभिन्न बाधा अडचनका बिच नेपालमा ईकमर्स व्यवसायलाई स्थापित गरेको छ । उक्त कम्पनीले विभिन्न अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्थाहरुसंग सम्झौता गरि अगाडि बढ्दा सस्तोडिल प्ल्याटफर्ममा पोडक्टहरुका सूची र व्यापार बढने कूरामा हामी विश्वस्त छौं ।”

उक्त अवसरमा सस्ताडिलका संस्थापक तथा सीईओ अमुन थापाले भन्छन् “हामी एनआईबिएल एस क्यापिटल जस्ता प्रतिष्ठित संस्थासंग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी छौं । एनआईबिएलको नेपालभरका नेटवर्क, बैंकिङ, भुक्तानी प्रणाली आदिको संजाल तथा विशेषज्ञता र पुँजी समेतको समायोजनल सस्ताडिललाई निकै प्रतिस्पधी बनाउनेछ । हाम्रा अन्य मुख्य लगानीकर्ताहरू -डोल्मा इम्प्याक्ट फन्ड,रमेश कर्पोरेशन, आईसीटीसी समूह र आईएमइ समूह संगै अव एनआईबीएल एस समेतको सहकार्यमा सस्ताेडिल नेपाल भित्र र बिदेशमा समेत परिचित ब्रान्डको रुपमा स्थापित हुने लक्ष्यमा छौं ।”

त्यस कार्यक्रममा सहभागी डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा सीईओ टिम गोचरले आफ्नो बिचार राख्दै भने “एनआईबीएल एसको लगानीले सस्ताडिलको सम्भावनालाइ प्रकाश पार्नुका साथै स्थानीय स्तरमा हुने लगानीले सस्ताडिलको ब्यवसाय बृद्धिमा थप टेवा पुग्नेछ । हामी एनआईबिएल एस क्यापिटल लिमिटेड र कम्पनीका उत्कृष्ट ब्यवस्थापन समुहलाइ स्वागत् गर्दछौं । ”

सस्तोडिलका प्ल्याटफर्महरुका १ करोड भन्दा बढी प्रयोगकर्ताहरूका साथै फ्ल्पि काट तथा मिन्त्रा जस्ता अन्तराष्ट्रिय ख्याति प्राप्त रणनीतिक साझेदारहरू रहेका छन । साथै लाखा ग्राहकहरू, सया ब्रान्डहरू र विक्रेताहरू समेत आवद्ध छन । कम्पनीले UNCDP सँगका सहकार्यमा नेपालभरका ३५०० अति साना र साना तथा मझौला उद्योगहरु लाइ सुचना मैत्री बनाउन साझेदारी गरेको छ । कोभिड १९ पछि, सस्तोडिलल नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागसँग समेत सहकार्य गर्दै आएको छ ।