किन उत्रिए न्युयोर्क टाइम्सका १ हजार कर्मचारी हड्तालमा ?

किन उत्रिए न्युयोर्क टाइम्सका १ हजार कर्मचारी हड्तालमा ?



न्युयोर्क । अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्सका १,००० भन्दा बढी कर्मचारीहरूले हडताल गरेका  उनीहरूको युनियनले भनेको छ । प्रायः अमेरिकाको पेपर अफ रेकर्ड भनेर चिनिने मिडिया आउटलेटका पत्रकार र अन्य कामदारहरू कम्पनीसँग नयाँ चरणको सम्झौता वार्तामा सहमतिमा पुग्न असफल भएपछि २४ घण्टासम्म बाहिर निस्किएको युनियनले जनाएको छ।

हडतालमा परेका मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियन द न्युजगिल्ड अफ न्यु योर्कले बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राख्दै तलब वृद्धि गर्न व्यवस्थापनको अस्वीकार आन्दोलनको प्रमुख कारण रहेको बताए । ‘न्यूयोर्क टाइम्सका ११ सयभन्दा बढी कामदारहरू अहिले आधिकारिक रूपमा काम रोकेका छन्’ युनियनले बिहान ट्वीट ग-यो ।