अमेरिकाको जर्सीमा एक आवासीय अपार्टमेन्टमा विष्फोट, पाँच जनाको मृत्यु

अमेरिकाको जर्सीमा एक आवासीय अपार्टमेन्टमा विष्फोट, पाँच जनाको मृत्यु



न्यूयोर्क । अमेरिकाको जर्सीमा तीन तल्ले अपार्टमेन्टमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सोही अपार्टमेन्टमा बस्ने थप चार जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । अझै पनि घटनामा परी घाइते भएका तथा हराइरहेकाहरुको खोज तथा उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जर्सीमा उद्धारकर्मीहरूले आइतबार तीन तले अपार्टमेन्ट भवनमा भएको विस्फोटमा बाँचेकाहरू भेट्टाउने सम्भावना लगभग अन्त्य भएको उद्धारकर्मीले बताएका छन् । च्यानल टापुको बन्दरगाह राजधानी सेन्ट हेलियरमा शनिबार बिहान ग्यास चुहावट भएपछि विस्फोट भएको अनुमान गरिएको छ । अर्को चरणमा भग्नावशेषको सूक्ष्म र परिश्रमपूर्ण खोजी गरिनेछ, जुन काम हप्तौं लाग्न सक्ने प्रहरीको भनाइ छ ।

दक्षिणी इङ्ल्यान्डका खोजी कुकुर र सहरी उद्धार विशेषज्ञहरूको सहयोगमा जर्सीका आपतकालीन उद्धारकर्मीले भग्नावशेषमा रातभर वेपत्ता व्यक्तिको खोजी जारी राखेका छन् ।