राष्ट्रिय वाणिज्य बैंकले पायो ‘थर्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड

राष्ट्रिय वाणिज्य बैंकले पायो ‘थर्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स “न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड” कार्यक्रममा ‘3rd Best Managed Commercial Bank of The Year 2022’ अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माद्वरा उद्घाटन गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शम्शेर राणालाई व्यवसायिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लाइफ ‘टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ अवार्ड प्रदान गरिएको थियो । सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरुले गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरेको आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।