काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रर्बद्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेकाे “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचाै योजना “एनआईबिएल ग्रोथ फण्ड” संचालन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON)बाट १८ मंसिर, २०७९ मा अनुमति प्राप्त भएकाे छ । यस योजनाकाे आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहनेछ र याे हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत हुनेछ । योजनाका अवधि भर यस योजनाले बार्षिक प्रतिफल (Effective Annual Return)काे रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाइ दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।
योजनाका सार्वजनिक निष्काशन मिति २०७९/०९/०७ देखि छिटोमा २०७९/०९/१२ र ढिलोमा २०७९/०९/२१ गत] सम्म रहनेछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १६ करोड सम्म लगानीका गर्न सकिनेछ । लगानीकर्ताहरुले आफनो सी–आश्वा खाता रहेका बैंक वा मेरा शेयरमा लगईन (Login)गरी अनलाईन आवेदन दिन सकिनेछ । योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल लि.काे वेव साईट (www.niblcapital.com) तथा नेपाल धितोपत्र बोर्डका वेव साईट(www.sebon.gov.np) मा समेत राखिएकाे छ ।
“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै तीन बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेकाे छ । “एनआईबिएल समृद्धि फण्ड –१” आफ्नाे ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेकाे र उक्त अवधिभर कुल ९८.५० प्रतिशत प्रतिफल समेत वितरण गरिसकेकाे थियो, जुन बार्षिक औषत १८ % जती हुनआएकाे थियाे । त्यसैगरी हाल अन्य दुई बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड –२ समेत संचालनमा रहेकाे छ । साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यस म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेका छ।
“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाका समयवधि सम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ।
प्रतिक्रिया