काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरूका लागि २३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको ७ पुस बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट यस वर्ष २३.१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको हाल चुक्ता पूँजीको २२ प्रतिशत बोनस र १.१५ प्रतिशत नगद गरी कुल २३.१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। यसर्थ, कम्पनीले १३ करोड २० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ६९ लाख ४७ हजार ३६८ रुपैयाँ नगद बाँड्नेछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया