बागमति प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरको उम्मेदवार को ?

बागमति प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरको उम्मेदवार को ?


ग्लोब नेपाल
3k
Shares

काठमाडौं । बागमति प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरले पनि उम्मेदवारी दिने तयारी गरेको छ । संसदीय दलको निर्वाचन पुस १३ गतेलाई तोकिएको छ । अहिलेसम्म प्रदेश सभापति इन्द्रकुमार बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बागमति प्रदेश कांग्रेस संसदीय दलमा उम्मेदवारी दिने तयारी गरेका बानियाँ र लामा दुवै संस्थापन समूहका उम्मेदवार हुन् । उनीहरुलाई काउन्टर दिन संस्थापनइतरले पनि उम्मेदवारी दिने तयारी गरेको हो । अहिले नै उम्मेदवार घोषणा गर्दा संस्थापनबाट एकजना मात्र उम्मेदवार हुने सम्भावना भएकाले संस्थापनइतरबाट अन्तिम समयमा उम्मेदवारी दिने तयारी भएको बताइएको छ ।

समाचारस्रोतले भन्यो, ‘अहिलेसम्म ३ जनाको नाममा छलफल भएको छ, फाइनल हुन बाँकी छ ।’ संस्थापन समूहले चर्चामा आएका दुईमध्ये एकजनाको नाम फाइनल गरे इतर समूहले पनि अर्को उम्मेदवार घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

६६ प्रत्यक्ष र ४४ जना समानुपातिकबाट निर्वाचित हुने बागमति प्रदेशमा कांग्रेसको ३७ सिट छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट जितेको हो ।