काठमाडौं । “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” पौष ७ गतेबाट सार्वजनिक निष्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन छिटोमा २०७९ पौष १२ गते र ढिलोमा पौष २१ गते सम्म रहनेछ । इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १६ करोड सम्म लगानी गर्न सक्नेछन् ।
लगानीकर्ताहरुले आफना सी– आश्वा खाता रहेका बैंक वा मेरा शेयरमा लगईन (Login) गरी अनलाईन आवेदन दिन सक्नेछन् । योजनाका विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल लि.कोे वेव साईट (www.niblcapital.com) तथा नेपाल धितोपत्र बोर्डका वेव साईट (www.sebon.gov.np)मा समेत राखिएको छ । यस योजनाको आकार १ अब ६० करोड र समयावधि १० वर्षका रहेकाे छ र याे हाल सम्मकै सबैभन्दा ठुलाे म्युचुअल फण्ड योजनाकाे सार्वजनिक निष्काशन समेत रहेको छ । योजनाका अवधि भर यस योजनाले बार्षिक प्रतिफल (Effective Annual Return)का रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाइ दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।
सार्वजनिक निष्काशनका तेस्रो दिन सम्ममा यस योजनाको कुल १६ करोड इकाइ मध्य ४,१७,२७,६०० इकाइको लागी आवेदन प्राप्त भईसकेको छ । लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाकाे समयवधि सम्म इकाईहरु दोश्राे बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।
प्रतिक्रिया