युनियन लाइफ इन्स्युरेन्सको लाभांश घोषणा

युनियन लाइफ इन्स्युरेन्सको लाभांश घोषणा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । युनियन लाइफ इन्स्युरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.१० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आवको मुनाफाबाट कायम चुक्ता पुँजीको ८.६५ बोनस सेयर र चुक्ता पुँजीको ०.४५ नगद लाभांश (कर तिर्न) दिने प्रस्ताव गरेको हो ।

नेपाल बिमा प्राधिकरण र युनियन लाइफ इन्स्युरेन्स कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।