‘एनआईबिएल ग्रोथ फण्ड’ प्रति लगानीकर्ताहरुको बढदो आकर्षण, ५० प्रतिशत भन्दा बढी इकाईको लागी आवेदन प्राप्त

‘एनआईबिएल ग्रोथ फण्ड’ प्रति लगानीकर्ताहरुको बढदो आकर्षण, ५० प्रतिशत भन्दा बढी इकाईको लागी आवेदन प्राप्त


ग्लोब नेपाल
108
Shares

काठमाडौं । “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” पौष ७, २०७९ बाट सार्वजनिक निष्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन पौष २१ गते सम्म रहनेछ । यस अघि निश्कासित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढदै गईरहेको र शेयर बजारमा आएका सिथिलताका बाबजुद सार्वजनिक निष्काशनका चौथो कार्यदिन दिन सम्ममा यस योजनाको कुल १६ करोड इकाइ मध्य ५० प्रतिशत भन्दा बढी, ८.६३ करोड इकाइका लगी आवेदन प्राप्त भईसकेको छ । यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १६ करोड सम्म लगानी गन सक्नेछन । लगानीकर्ताहरुले आफनो सी–आश्वा खाता रहेका बैंक वा मेरा शेयरमा लगईन (Login) गरी अनलाईन आवेदन दिन सक्नेछन् । योजनाका विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल लि.का वेव साईट (www.niblcapital.com) तथा नेपाल धितोपत्र बोर्डका वेव साईट (www.sebon.gov.np) मा समेत राखिएको छ ।

यस योजनाको समयावधि १० वर्षको रहेको छ र यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाइ दिन सक्न प्रक्षेपण समेत गरेको छ