कोलम्बिया मुख्य सशस्त्र समूहहरूसँग युद्धविराम गर्न सहमतः राष्ट्रपति

कोलम्बिया मुख्य सशस्त्र समूहहरूसँग युद्धविराम गर्न सहमतः राष्ट्रपति


ग्लोब नेपाल
162
Shares

एजेन्सी । कोलम्बियाको सरकारले देशमा सक्रिय पाँच ठूला सशस्त्र समूहहरूसँग ६ महिनाको युद्धविराम गर्न सहमत भएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले नयाँ वर्षको पूर्वसन्ध्यामा ६ महिनाको युद्धविराम भएको घोषणा गरेका छन् ।

पेट्रो, देशको पहिलो वामपन्थी राष्ट्रपति हुन् । जसले राष्ट्रको आन्तरिक द्वन्द्व अन्त्य गर्ने वाचा गरेका छन् । द्विपक्षीय युद्धविरामले सशस्त्र सङ्गठन र राज्यलाई यसको सम्मान गर्न बाध्य पार्ने उनको भनाई छ । कोलम्बियामा सशस्त्र समूहहरू अझै पनि सञ्चालित छन् । विश्वको सबैभन्दा ठूलो कोकेन उत्पादक, लागूपदार्थको तस्करी, राजस्व र अन्य गैरकानूनी व्यवसायहरूमा विवाद छ । ६ दशकसम्म चलेको युद्दका बीचमा कम्तिमा ६ लाख ५० हजार मानिसको मृत्यु भएको छ ।

सशस्त्र समूहहरू मध्ये वामपन्थी सशस्त्र समूह नेशनल लिबरेसन आर्मी, साथै असन्तुष्ट समूहहरू अहिलेको कोलम्बियाको रिभोलुसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया, सेगुन्डा मार्कवेटालिया र एस्टाडो मेयर सेन्ट्रलका पूर्व सदस्यहरूद्वारा सञ्चालित छन् ।