काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिए ।
‘संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने, ‘तर, सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुने नहुने विषयमा कुनै पनि निर्णय भएको छैन् ।’
प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । प्रतिनिसभामा लोसपाका चारजना सांसद रहेका छन् ।
प्रतिक्रिया