आइपिओ निष्काशन गर्दै सुपर हेवा पावर कम्पनी, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

आइपिओ निष्काशन गर्दै सुपर हेवा पावर कम्पनी, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट


ग्लोब नेपाल
81
Shares

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००/- अंकित दरका रु.११,५४,३६,०००/- रकम बराबरको ११,५४,३६० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।