सन्दीपका दाजुले बुझाए २० लाख धरौटी, छुटे सन्दीप

सन्दीपका दाजुले बुझाए २० लाख धरौटी, छुटे सन्दीप


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन् ।

पूर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन् । उच्च अदालत, पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएपछि दाजु मोहनले आज धरौटी रकम जम्मा गरेका हुन् । 

दाजु मोहनले धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुटेका छन् । धरौटी जम्मा भए पछि जिल्ला अदालत काठमाडौंले केन्द्रीय कारागार, सुन्धरामा सन्दीपलाई रिहा गर्नका लागि औपचारिक रुपमा पत्र पठाएकाे थियाे । अदालतको सो पत्र कारागरले बुझे लगत्तै तारिखका लागि जिल्ला अदालत काठमाडौंमा  सन्दिपलाई उपस्थित गराइकाे छ । र, स्वास्थ्य परिक्षण सम्पन गरेपछि उच्च अदालतको आदेश बमोजिम सन्दीप आजै रिहा भएका हुन् ।

नावालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए ।  उच्च अदालतका न्यायाधीशद्धय रमेश ढकाल र ध्रुवराज भट्टराईको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै कडा सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो । सो आदेश लगत्तै दाजु मोहन २० लाख धरौटी लिएर जिल्ला अदालत काठमाडौं गएका हुन् ।