विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीले ५९ मतसहित विश्वासको मत प्राप्त गरेका हुन् भने उनको विपक्षमा भने ३२ मत रहेको छ । कार्की गत २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदहरूले गरे पछि उनलाई ५९ मत प्राप्त भएको हो ।
प्रतिक्रिया