काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको विमान दुर्घटनामा मृत्यु भएको हो ।
उनीहरूका १० महिनाका छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु सवार थिए । जसमा ४१ जना महिला र २७ पुरुष छन् ।
प्रतिक्रिया