आइपिओ निष्काशन गर्दै दरम खोला हाइड्रो इनर्जी, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

आइपिओ निष्काशन गर्दै दरम खोला हाइड्रो इनर्जी, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट


ग्लोब नेपाल
108
Shares

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु. १०० अंकित दरका रु. ३९,५०,००,०००/- रकम बराबरको ३९,५०,००० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

दरम खोलाकोे बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं. ११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।