अबको राजनीतिक लडाईं राष्ट्रपतिको हो : चित्रबहादुर केसी

अबको राजनीतिक लडाईं राष्ट्रपतिको हो : चित्रबहादुर केसी


ग्लोब नेपाल
27
Shares

काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राजनीतिक लडाईं सुरु भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरुबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताएका हुन् ।

यसका लागि दलहरुलाई कम्फर्टेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरुले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गरे । 

दलहरुले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखेको आरोप लगाउँदै उनले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको बताए ।