हिमालयनमा विलय हुन लागेको सिभिल बैंकले कति कमायाे नाफा ?

हिमालयनमा विलय हुन लागेको सिभिल बैंकले कति कमायाे नाफा ?


ग्लोब नेपाल
216
Shares

काठमाडौँ  । हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंक लिमिटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आइपुग्दा यसको नाफा २६.३९ प्रतिशतले वृद्धि भएको छ । 

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, चालू आर्थिक वर्षमा बैंकको सो नाफामा २ दशमलब ३९ प्रतिशतले वृद्धि हुँदै ६३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको हो । खुद ब्याज आम्दानी पनि ५३ दशमलब ९० प्रतिशतले बढेर २ अर्ब २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४६ करोड ७४ लाख ४९ हजार रुपैयाँले बढेको छ भने कुल सञ्चालन आम्दानीमा पनि २३ दशमलब ५८ प्रतिशतले बढेर ९० करोड ४९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसाले बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ९६ पैसा रहेको छ । निष्क्रिय कर्जा अनुपात ०.९४ प्रतिशतबाट बढेर २.४१ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख ५७ हजार रुपैयाँ छ । सिभिललाई हिमालयन बैंकले एक्वायर गर्ने तयारी गरेको छ ।