आइएमई जनरल इन्स्योरेन्सको २५औँ बार्षिक साधारण सभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको २५औँ बार्षिक साधारण सभा सम्पन्न


ग्लोब नेपाल
81
Shares

काठमाण्डौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा ०९ माघ २०७९ मा लाजिम्पाट, काठमाण्डौँमा सम्पन्न भएको छ ।

साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका थिए । अध्यक्ष ढकालले समीक्षा बर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए ।

कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने, सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने प्रतिवध्द्ता गरिएको छ ।

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलन गर्न सफल भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहकहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको र यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशन बमोजिम अगाडी बढिरहेको समेत सभालाई जानकारी गराए ।

आ.व. २०७७/७८ मा रु. १ अरब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेको थियो भने गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भई रु. १ अरब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरेको छ । साथै, चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख बीमाशुल्क आर्जन गरिसकेको छ ।

संचालक समितिका अध्यक्ष हेमराज ढकालले शेयरधनीहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकाय, नेपाल बीमा प्राधिकरण लगायत नियमक निकायहरु तथा ग्राहकहरु प्रति धन्यवाद व्यक्त गरेका थिए ।