गोरखाको ऐतिहासिक पुङ्गजी गुम्बामा आगलागी

गोरखाको ऐतिहासिक पुङ्गजी गुम्बामा आगलागी


ग्लोब नेपाल
54
Shares

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-२ ल्होस्थित हिनाङ्गमा रहेको करिब दुई सय वर्ष पुरानो पुङ्गजी गुम्बा आगलागी भएको छ । आगलागीबाट गुम्बा जलेर पूर्ण रुपमा ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले जानकारी दिए । आज बिहान गण्डकी प्रदेशका प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने सहितको टोली हेलिकप्टरमार्फत त्यहाँ पुगेर आगलागीबाट क्षतिग्रस्त गुम्बाको स्थलगत अवलोकन गरेको उनले बताए ।

मंगलबार अपराह्न करिब ४ बजेदेखि गुम्बामा आगलागी भएको अनुमान गरिएको प्रजिअ आचार्यको भनाइ छ । आगलागीबाट मन्दिरभित्र रहेका सबै मूर्ति, ऐतिहासिक ग्रन्थहरुका साथै ताम्रापत्रहरु जलेर नष्ट भएका छन् । उक्त गुम्बा गएको वर्ष मात्रै पुनः निर्माण गरिएको थियो ।

गुम्बामा भएको आगलागीका कारण ३० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएकाे छ ।