माओवादी बैठकमा गृहमन्त्री र राष्ट्रपतिबारे भएन छलफल

माओवादी बैठकमा गृहमन्त्री र राष्ट्रपतिबारे भएन छलफल

पदाधिकारी बैठकमा राष्ट्रपतिको उम्मेदवार र गृहमन्त्रीबारे छलफल हुने


ग्लोब नेपाल
756
Shares

काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रपतिको उम्मेदवार र गृहमन्त्रीबारे कुनै छलफल नै नभएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार दिउँसो बसेको बैठकमा पार्टी सङ्गठनबारेमा मात्र छलफल भएको प्रवक्ता महराले स्पष्ट पारे।

उनका अनुसार आगामी पदाधिकारी बैठकमा मात्र राष्ट्रपतिको उम्मेदवार र गृहमन्त्रीबारे छलफल हुनेछ। राष्ट्रपतिको चुनाव आगामी फागुन २५ मा हुँदै छ। त्यस्तै, गृहमन्त्रीका लागि रास्वपाले दिएको दुई दिने अल्टिमेटम आजै सकिँदै छ।