नेपालगन्ज । बाँकेको डुलुवास्थित जयेन्दु वाल सुधार गृहमा रहेका बालकहरूको दुई समूहबिच बिहीबार झडप भएको छ । बिहीबार दिउसो दुई समूहबिच झडप भएपछि केही बालकहरूलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा सुधार गृहभित्र आगजनी समेत भएको छ ।
नेपालगन्जबाट भक्तपुर वाल सुधार गृहमा लैजानेक्रममा राती असन्तुष्ट बालकहरूले सुधार गृहमा आगजनी गरेका हुन । सिरक, डस्न लगायतका सामग्री रहेको सुधार गृह व्यवस्थापन पक्षले जनाएको छ । सुधार गृहमा यसअघि पनि पटक–पटक झडप हुने गरेको थियो । स्थानान्तरण गर्ने क्रममा बालकहरूको नाम बोलाउन लागेपछि स्थिति तनावपूर्ण भएको हो ।
सुधार गृहमा करिब २२५ बढी बालकहरू रहेका छन् । वाल सुधार गृहका इन्चार्ज विमला काउचामगरले सुधार गृहमा तत्काल के गर्ने भनेर बैठक बसेर आवश्यक निर्णय गर्न लागेको जानकारी दिइन ।
प्रतिक्रिया