सन्राइज फोकस्ड फण्डको ईकाइ बाँडफाँड

सन्राइज फोकस्ड फण्डको ईकाइ बाँडफाँड


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सन्राइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको (Sunrise Focused Equity Fund) बन्दमुखी योजना को कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि मिति २०७९ माघ १० देखि माघ २४ सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको आवेदन (बीज पूँजी सहित) २९,९०३ वटा आवेदनहरुबाट १० करोड इकाई खरिदका लागि आवेदन प्राप्त हुन आएकोमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम आज मिति २०७९ माघ २७ गतेका दिन बाँडफाँड गरी सन्राइज फोकस्ड इक्विटी फण्ड (Sunrise Focused Equity Fund) योजनाको आकार रु.१,००,००,००,०००/- (अक्षेरुपी एक अर्ब) कायम गरिएको छ ।

बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईटwww. sunrisecapital.com.np तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्धारा सञ्चालित www. meroshare.cdsc.com.np बाट हेर्न सकिनेछ ।