सेयर बजार राताम्मे, ६०.८८ अंकले घट्यो नेप्से परिसूचक

सेयर बजार राताम्मे, ६०.८८ अंकले घट्यो नेप्से परिसूचक


ग्लोब नेपाल
297
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक ६०.८८ अंकले घटेर २११२.७५ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ अङ्कले घटेर ४०४.४३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी कम्पनी शीर्ष स्थानमा रहेको छ । यसको आइतबार १४ करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नगदी गु्रप पावर र तेस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ ।

आइतबारको कारोबारमा सबै उपसचकहरुमा आरालो लागेको छ । कारोबार खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर भाउ ४.४८ प्रतिशतले बढेको छ ।